सुन सहित पक्राउ
काठमाडौं,२ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर अरेवियाको उडान नम्वर ५३९ द्वारा काठमाडौं आएका भारतीय नागरिक राहदनी नम्बर एम ४१६४८३४ बाहक ३१ वर्षीय पैmजान खान सहित ३ जनालाई भंसार जाँच गर्दा मुखभित्र लुकाई छिपाई ल्याएको २÷२ वटा सुन जस्तो देखिने ५५९.६० ग्राम धातु सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि केन्द्रीय भंसार कार्यालयमा बुझाएको छ ।

