जिवित सालक खरिद बिक्री गर्ने पक्राउ
काठमाडौं,२ साउन
संरक्षित बन्यजन्तु जिवित सालक खरिद बिक्री गर्ने कार्यमा संलग्न गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ र पाल्पा बगनास गाउँपालिका–४ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापामगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चितवन ईच्छाकामना गाउँपालिका–५ मुग्लिनबाट जिवित सालक खरिद बिक्री गर्न बोकी हिडेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय चितवनमा बुझाइएको सो व्यूरोले जनाएको छ ।

