सय वर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्ती सहित पक्राउ
काठमाडौं,२ साउन
एक सय बर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्ती सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ पेरिसडाँडा बस्ने पाल्पा छहरा गाउँपालिका–४ का २७ वर्षीय दोलख बहादुर सोमई र ललितपुर ग्वार्को बस्ने काभ्रे तेमाल गाउँपालिका–५ का ३७ बर्षीय दिपक मैनाली रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमईलाई पक्राउ गरी उनको कोठा तलासी गर्दा ढलौटको ८ केजी १ सय ७० ग्राम तौलको ३४ सेमी लम्बाई भएको १ थान मूर्ति बरामद भएको र उक्त मूर्ति उनलाई मैनालीले बेचविखन गर्न दिएको खुल्न आएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

