आगलागीबाट धनमाल क्षति

काठमाडौं, ३ साउन
    पाल्पा : रम्भा गाउँपालिका–३ पिपल डाँडा चिदिगाँउ बस्ने चन्द्र सिंह चिदिको दुईतले खरको छानो भएको घरमा बुधबार चिदिको १३ वर्षीय नाती अर्जुन चिदिले घर नजिकै बारुला पोल्ने क्रममा आगो घरमा सल्कन जाँदा  छिमेकी बेलकुमारी चिदिको खरले छाएको दुईतले घर र गोठ पूर्णरुपमा जलेर करीव ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    सप्तरी : तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा बस्ने सुवालाल मण्डलको बाँसको टाँटी बेरा भएको जस्ताले छाएको एकतले गोठ र भान्सा घरमा बिहीबार करेन्ट सर्ट भई अचानक आगलागी हुँदा करीव ५ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।