मृत अवस्थामा फेला
काठमाडौं, ३ साउन
मोरङ : बिराटनगर महानगरपालिका–८ हाटखोला डेरा गरी सिंहजी होटलमा काम गर्ने काठमाडौं ताहाचल घर भएका ४५ वर्षीय रतन बस्नेत बुधबार डेरा कोठामा मृत अवस्थामा फेला परेका छन् ।
झापा : बुद्धशान्ति गाउँपालिका–२ जयपुर स्थित निर्माणधिन घरमा हाल नाम, थर, वतन खुल्न नसकेका अंदाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
लम्जुङ : बेशीसहर नगरपालिका–११ स्थित दोर्दी खोलाको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेकी अंदाजी ३५ वर्षीया महिलाको शव सडेगलेको अवस्थामा बुधबार फेला परेका छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

