पहिरोले घर पुरिँदा घाइते तथा धनमाल क्षति

नुवाकोट, ३ साउन
    सुर्यगढी गाउँपालिका–३ चौगते बस्ने नबराज श्रेष्ठको ढुङ्गा र माटोले बनेको दुई तले कच्ची घर घरमाथिबाट बिहीबार पहिरो आई पुरिँदा घरभित्र सुतिरहेका नबराज श्रेष्ठ, उनकी ४६ वर्षीया श्रीमती नुरु श्रेष्ठ, २२ वर्षीया छोरी निसा श्रेष्ठ र १८ वर्षीय छोरा बिकास श्रेष्ठ घाइते भएकोले उपचारको लागि सिटी अस्पताल नुवाकोट पठाइएको छ ।
    पहिरोले घरमा रहेको किराना पसल र गोठमा रहेका १३ वटा बाख्रा पुरीई करीव ६० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरिरहेको  छ ।