डुबेर मृत्यु

     कैलाली : लम्की चुहा नगरपालिका–२ बस्ने बगौडा बस्ने हरि ढकालको १३ वर्षीया छोरी संगिता ढकाल र कर्णप्रसाद धमलाको १२ वर्षीया छोरी पुष्पा धमलाको बुधबार रोडा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
    यसैगरी कैलाली लम्की चुहा नगरपालिका–९ बस्ने जनक चौधरीको ८ वर्षीया छोरी जस्मी चौधरीको बुधबार चरैला खोलाले बगाएर मृत्यु भएको छ ।
     सोलुखुम्बु : दुधकुण्ड नगरपालिका–१० कोदोबारी बस्ने २६ वर्षीय रोशनबहादुर मगरको बुधबार सोही नगरपालिका–९ स्थित शिशा खोलामा रहेको काठको साँगुबाट घरतर्फ फर्कदै क्रममा चिप्लिएर खोलामा खस्दा डुबेर घटनास्थमै मृत्यु भएको छ ।
     बाँके : जानकी गाउँपालिका–३ ईन्द्रपुर स्थित सडक छेउँको पानीको नालामा बुधबार हाल नाम, थर, वतन नखुलेको अन्दाजी ९ महिनाको शिशु बालिका डुबेर मृत भएको फेला परेकी छन् ।
      यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।