सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, ३ साउन
रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–५ धारपानेस्थित रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु.१ज २५७३ नम्बरको जिप बुधबार सडकबाट अदाा जी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा पुछाउतरगंगा गाउँपालिका–१ मैकोट बस्ने ३५ वर्षीय कुमार पुन सहित ६ जनाको घटनास्थलमै र भुमे गाउँपालिका–४ तल्लो साकिम बस्ने २८ वर्षीय अर्जुन बि.क.को जिल्ला स्वास्थ्य कार्यालयमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा चालक पश्चिम रुकुम मुसीकोट नगरपालिका–१२ बस्ने ५२ वर्षीय जयबीर कामी सहित ४ जना घाइते भएकोले जिल्ला स्वास्थ्य कार्यालयबाट थप उपचारको लागि हेलिकोप्टरद्धारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं लगिएको छ ।
स्याङजा : गल्याङ नगरपालिका–९ आँपचौरस्थित गल्याङ–चापाकोट सडक खण्डमा ग.१त २६०८ नम्बरको ट्याक्टरले पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीया खुमकला भण्डारीलाई बुधबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

