चक्कु प्रहार गरी ज्यान मार्ने पक्राउ

कैलाली, ३ साउन
     धारिलो हतियार चक्कु प्रहार गरी ज्यान मारेको अभियोगमा गौरीगंगा नगरपालिका–७ मौलिया बस्ने २७ वर्षीय रमेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको बताइएका रमेशका ४६ वर्षीय बाबु नरबहादुर बिकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
    मादक पदार्थ सेवन गरेका बि.क.ले पुरानो रिसिईबिका कारण सोही ठाउँ बस्ने २७ वर्षीय मानबहादुर समैलाई  धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।