कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ
महोत्तरी, ३ साउन
पिपरा गाउँपालिका–१ ढोकाहा बस्ने २० वर्षीया रितादेवी महतोको कुटपिटबाट मृत्यु भएको छ । महतोलाई बुधबार ४५ वर्षीया सासु मन्तोरीया देवी महतो र नन्द मनरा पिपरा नगरपालिका–८ बस्ने ३० वर्षीया शान्ती देवीले घरायसी बिवादको कुटपिट गरी हत्या गरेको बताइएको छ ।
कुटपिटमा संलग्न मन्तोरीयादेवी र शान्तीदेवीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

