मृत अवस्थामा फेला

काठमाडौं, ३ साउन
    दाङ : तुल्सीपुर उपमहानगरपालिका-६ सुन्दरनगर बस्ने ३५ वर्षीया निर्मला नेपाली सार्की आप्mनै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
    पर्सा : बीरगंज महानगरपालिका-२२ जगरनाथपुर स्थित गण्डक नहरमा बोरा भित्र राखिएको करीब १९ वर्षीय पुरुषको शव सडीगली अवस्थामा बिहीबार फेला परेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।