करेन्ट लागेर मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३ साउन
    पाल्हिनन्दन गाउँपालिका-६ राजाबारी बस्ने २८ वर्षीय भरत राजभरको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरबाट मोटरसाइकल धुने क्रममा करेन्ट लागेर असक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।