अवैध मदिरा नष्ट गरिएको

काठमाडौं,३ साउन
    महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगर सुकुम्वासी बस्तीबाट बुधबार बरामद गरेको अवैध घरेलु मदिरा ,घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने अखाद्य सामाग्री तथा मदिरा उत्पादन गर्न प्रयोग हुने भाडाहरु स्थानीय भद्रभलादमीहरु तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको  छ ।
    प्रहरीले तयारी घरेलु मदिरा २ हजार ६ सय लिटर, मदिरा बनाउने कच्चा पदार्थ ६ हजार लिटर, घरेलु मदिरा छ्याङ ५ हजार लिटर, छ्याङ बनाउन प्रयोग हुने कच्चा पदार्थ ५ सय लिटर, सख्खर ४ सय के.जी. र यूरियामल ३० के.जी बरामद गरी नष्ट गरेको हो ।