लागूऔषध सहित पक्राउ

काठमाडौं,३ साउन
    काठमाडौं : काठमाडौं थानकोट डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका-६ का ३९ वर्षीय मो.तनवीर मिकरानीलाई
लागूऔषध बुप्रेनार्फिन ५ सय एम्पुल, डाईजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित चन्द्रगिरी नगरपालिका-३ त्रिभुवनपार्कबाट लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।
    मोरङ : सुन्दरहरैचा नगरपालिका-७ बस्ने २३ वर्षीय अर्जुन बुढाथोकीलाई लागूऔषध नाईट्रोसन ट्याव्लेट १ सय ७० थान सहित बुढीगंगा गाउँपालिका-४ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।