श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बाँके, ३ साउन
    आफ्नै श्रीमती १९ वर्षीया सविना दर्जी काविरको हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-५ उदरापुर बस्ने २१ वर्षीय अब्दुल काविरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काविरले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।