आगलागीबाट धनमाल क्षति
उदयपुर, ४ साउन
त्रियुगा नगरपालिका–५ पिपलचोरी बस्ने भरत दमाईको घरमा बिहीबार बिद्युत सर्ट भई आगलागी हुँदा करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

