करेन्ट लागेर मृत्यु
काभ्रे, ४ साउन
पाँचखाल नगरपालिका–३ लाम्दी बस्ने ६० वर्षीया पदमकुमारी हुमागाईको घाँस काट्ने क्रममा बिद्युतको लत्रेको तारबाट करेन्ट लागेर बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

