डुबेर मृत्यु
काठमाडौं, ४ साउन
काठमाडौं : गोकर्णेश्वर नगरपालिका–६ नारायणटार स्थित हिङ्स स्कुल भित्र रहेको स्विमिङ पुलमा बिहीबार नुहाउने क्रममा सोही स्कुलमा पेन्टिङ काम गर्ने खोटाङ घर भई काठमाडौं नारायणटार बस्ने २५ वर्षीय ईश्वर प्रधान डुबेर असक्त भएकोले उपचारको लागि शंखरापुर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
बाँके : बैजानाथ गाउँपालिका–८ गुरुदयालपुरस्थित मानखोलामा बिहीबार बर्दिया बढैयाताल गाउँपालिका–४ बस्ने २६ वर्षीय करन तिरुवा डुबेर असक्त भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दिया : बढैयाताल गाउँपालिका–९ टेशनपुर बस्ने राजु परियारको ९ वर्षीय छोरा निरज परियारको बिहीबार सोही स्थानमा रहेको ग्याङ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सुनसरी : गडी गाउँपालिका–६ सत्यझोडा बस्ने ईन्द्रलाल उराउको २ वर्षीय छोरा निर्मल उराउको घर छेउको सडकको नालीको डिलमा खेल्ने क्रममा लडेर पानीमा डुबी बिहीबार मृत्यु भएको छ ।
सर्लाही : लालबन्दी नगरपालिका–४ हरिभवन बस्ने पर्शुराम कार्कीको ७ वर्षीय छोरा रितेश कार्की घर नजिकै रहेको बाग्मती नदीबाट आउने पानीको नहरमा बिहीबार डुबेको अवस्थामा फेला परेपछि उपचारको लागि मोडेल अस्पताल लालबन्दी लगिएकोमा मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : पाल्लिहीनन्दन गाउँपालिका–१ शंकरपुर बस्ने ६५ वर्षीय अंगत गुप्ताको मेशपुरबाट घरतर्फ जाने क्रममा झरही खोलाले बगाएर बिहीबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

