सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, ४ साउन
बारा : जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडकमा नम्वर नखुलेको सवारी साधनले हाल नाम,थर,वतन खुल्न नसकेकी मागी खाई हिडने अंदाजी ६० वर्षीया महिलालाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
बर्दिया : राजापुर नगरपालिका–४ स्थित भित्रि सडकमा भे.१स ५६४८ नम्बरको अटोले बिहीबार राजापुर बजारमा घुमि हिड्ने हाल नाम, थर, वतन नखुलेकी अंदाजी २० वर्षीया महिलालाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पठाइएकोमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

