आगलागीबाट धनमाल क्षति

कास्की, २५ साउन
    पोखरा लेखनाथ महानगरपालिका–१३ माछा पोखरीचोक बस्ने ओमप्रसाद गुरुङको घरमा शुक्रबार आगलागी हुँदा नगद १ लाख रुपैयाँ सहित करीब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।