अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २५ साउन
    काठमाडौं महानगरपालिका–३१ बानेश्वर जागृती नगरबाट काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान–१७ घर भएका २६ वर्षीय धनबहादुर राईलाई अवैध लागूऔषध नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।