करेन्ट लागेर मृत्यु

नुवाकोट, २९ भदौ
    बिदुर नगरपालिका–११ बस्ने ६५ वर्षीय कृष्णबहादुर तामाङको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । आफ्नै घरमा मुसाले काटेको बिद्युतको तार छुँदा करेन्ट लागेर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।