नगद तथा मोटरसाइकल लुटपाट

सिराहा,२८ भदौ
    सृजना सामुदायिक सहकारी संस्थाका २ जना कर्मचारीले किस्ता रकम उठाई ल्याएको संस्थाको नगद ३ लाख ९३ हजार रुपैयाँ, स.४ प ८५३५ नम्वरको मोटरसाइकल, मोवाइल २ थान र कागजपत्र लुटपाट भएको छ ।
     सिराहा नगरपालिका–२२ मैनिबती खोलामा अर्नामा गाउँबाट संस्थाको किस्ताको पैसा उठाई सिराहातर्फ फर्कने क्रममा बिहीबार नम्वर नखुलको मोटरसाइकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले १ राउण्ड गोली फायर गरी उक्त धनमाल लुटेको बताइएको छ ।
  घटनास्थलमा गोलीको खोका १ थान बरामद भएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।