रड प्रहारबाट मृत्यु

रामेछाप,२९ भदौ
     रामेछाप नगरपालिका–७ रजरगाँउ बस्ने ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रड प्रहारबाट मृत्यु भएको छ । जंगलमा घाँस काट्‌न जाने क्रममा श्रेष्ठले पछाडीबाट आफूलाई समातेको भन्दै सोही ठाउँ बस्ने १३ वर्षीया बालिकाले फलामको रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
    यस सम्बन्धमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।