आगलागीबाट धनमाल क्षति

सिन्धुपाल्चोक, २९ भदौ
    बाह्रबिसे नगरपालिका-९ राम्चे चिहानडाँडा बस्ने उदयबहादुर सुबेदीको घरमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेको नगद ३ लाख र ७ तोला सुन समेत जलेर करीब १७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।