मृत अवस्थामा फेला

काठमाडौं, २९ भदौ
    काठमाडौं र सिन्धुलीमा शुक्रबार मृत अवस्थामा २ जना फेला परेका छन् ।
    मृत फेला पर्नेमध्ये काठमाडौं दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने २२ वर्षीय सागार सुनार छन् । उनलाई सोही स्थानस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला पारिएको हो ।
    सिन्धुली हरिहरपुरगढी गाउँपालिका-२ झन्झलेस्थित बागमती नदीको किनारमा सोही गाउँपालिका-१ बागथला बस्ने ५७ वर्षीय लालबहादुर थिङ मृत अवस्थामा फेला परेका हुन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।