लुकाई छिपाई ल्याएको पटका सहित पक्राउ

मोरङ, २९ भदौ
    अवैध रुपमा लुकाई छिपाई ल्याएको ४५० प्याकेट  पटका सहित कटहरी गाउँपालिका-८ बस्ने ४५ वर्षीया मिना खातुन र सोही स्थान बस्ने २५ वर्षीय अवरुल खातुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
     जहदा गाउँपालिका-५ लक्ष्मिनिया चोकमा प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई झोलामा ल्याएको उक्त परिमाणको पटका सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।  प्रहरीले मिना खातुनको साथबाट २ सय प्याकेट र अवरुल खातुनको साथबाट २ सय ५० प्याकेट पटका फेला पारेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।