सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २४ असोज
काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१५ सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे रोसी गाउँपालिका-१ का २३ वर्षीय निरज लामाको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय  प्रकाश तामाङ घाइते भएकाले ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने ट्याक्सीमा सवार स्याङ्जा भिरकोट नगरपालिका-६ का ३१ वर्षीय खगेन्द्र थापा घाइते भएकाले न्यूरो अस्पताल बाँसबारीमा उपचार भईरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीको ‍नियन्त्रणमा लिएको छ ।
 चितवन भरतपुर महानगरपालिका-१ लिलाचोकमा ना.७ ख ११११ नम्बरको बसले ना.३८ प ८०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका मोटरसाइकल चालक  करिब २५ वर्षीय पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । सवारी साधन र  बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
सर्लाही बागमती नगरपालिका-१ मिलन चोकमा ना. ५ ख ११०४ नम्बरको बसले  सोही ठाउँ बस्ने टेकबहादुर थापाको ९ वर्षीया छोरी सुस्मिता थापालाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकिले उपचारको लागि चुरेहिल अस्पताल मकवानपुर पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
पर्सा वीरगंज महानगरपालिका-२१ ड्राईपोर्ट सडकमा को.१ त ४९२० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय समिर खानलाई गण्डक अस्पतालतर्फ पठाइएकोमा मंगलबार बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही बुटवल उपमहानगरपालिका-११ श्रीजनानगरस्थित सडकमा रोकी राखेको ग.१ त २२६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका लु.२२ प ८३९८ नम्बरको मोटरसाइकल चालक पाल्पा रैनादेबी छहरा गाँउपालिका-३ बस्ने २३ वर्षीय दानबहादुर कुमालको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय बिष्णु बहादुर कुमाल घाइते भएकाले सोही अस्पताल हुँदै मेडिकल कलेज भैरहवा पठाएइको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                                                                                       क्रमश :
अछाम तुर्मखाद गाउँपालिका-७ कालिखोलामा से.२ त ८८३ नम्बरको ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय जगत बैक ट्रयाक्टरबाट खस्न गई मंगलबार घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर ललितपुर महानगरपालिका-१५ हात्तिवनस्थित सडकमा बा.१८ च ३१७४ नम्बरको हात्ती गाडीले बा.५१ प ५९३१ नम्बरको मोटरसाइकल र बा.७६ प ८६९५ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा बा.५१ प ५९३१ नम्बरका मोटरसाइकल चालक गोदवारी नगरपालिका-३ मानेडांडा बस्ने २४ वर्षीय राजेश विशंखु गम्भीर घाइते भएकाले बि एण्ड बि अस्पताल ग्वार्को पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा बा ७६ प ८६९५ नम्बरका मोटरसाइकल चालक धापाखेल बस्ने ३८ वर्षीय निरोज ठकुर समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।  
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।