डुबेर मृत्यु

काठमाडौं, २४ असोज
    बारा र कञ्चनपुरमा मंगलबार २ जना डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
बारा महागढीमाई नगरपालिका-६ बरियारपुर बस्ने राजकिशोर सहनीको १ वर्षीया छोरी सन्ध्याकुमारी आफ्नै घर अगाडि पानी जम्मा भएको खाल्डोमा डुबेर अशक्त भएकिले कलैया अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
कञ्चनपुर बेलौरी नगरपालिका-३ बस्ने ७० वर्षीय जयइश्वर गिरी सोही ठाउँस्थित कर्णाली टोलको नालामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।