मृत अवस्थामा फेला

काठमाडौ, २४ असोज
    काठमाडौं र डडेल्धुरामा २ जना मृत अवस्थामा फेला परेका छन् ।
    काठमाडौं महानगरपालिका-७ चावहिल गणेशस्थान स्थित क्षेत्रमा मागी खाई हिँड्ने गरेका हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष सोही ठाउँस्थित सडकमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।                                     क्रमश :
डडेल्धुरा पर्शुराम नगरपालिका-४ बस्ने २७ वर्षीय नरेश दमाइ सोही ठाउँस्थित रंगेन खोलामा माछा मार्न गएकोमा घरमा फर्की नआएकाले खोजी गर्ने क्रममा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।