अवैध लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

बाँके, २४ असोज
बाँके बैजनाथ गाउँपालिका-१ बस्ने १५ बर्षीय मनोज बिक र सोही ठाउँ बस्ने १८ बर्षीय रमेश क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन करिब ३ ग्राम सहित बुधबार प्रहरीले पक्राउ गरेको छ
नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेको रिक्सामा जाँच गर्ने क्रममा रिक्सामा सवार उनीहरुले लुकाई छिपाई ल्याएको उक्त अवैध लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।