स्वचालित पेस्तोल सहित पक्राउ

रौतहट, २६ असोज
    परोह नगरपालिका-८ स्थित सडकबाट १ थान स्वचालित पेस्तोल सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा फुलबारी गाउँपालिका-१ बस्ने ३१ वर्षीय रोहित साह, काभ्रे टिमाल बस्ने २५ वर्षीय मनोक तमाङ, भारत बिहार मोतिहारी गोकुल बस्ने २३ वर्षीय कमल साह, भारत बिहार घोडासान श्रीपुर बस्नेहरु ३३ वर्षीय राकेश पासवान, २८ वर्षीय संजिब पासवान र २७ वर्षीय अवधेश कुमार चौरसिया रहेका छन् ।
    परोह नगरपालिका-८ स्थित सडकमा प्रहरीले जाँच गर्ने क्रममा रोहितले १ थान स्वचालित पेस्तोल आफू बसेको नजिक फालेपछि उक्त पेस्तोल तथा उनीहरु सवार ३ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।