अवैध लागूऔषध सहित पक्राउ

पर्सा, २६ असोज
    पटेर्वा सुगौली गाउँपालिका-१ सोनबर्षाबाट मकवानपुर मनहरी गाउँपालिका-४ दिल्लीपुर बस्ने ५२ वर्षीय बीरबहादुर मोक्तान र पलासे गाउँपालिका-३ चरीखेत बस्ने ४४ वर्षीय सूर्यबहादुर स्याङ्तानलाई अवैध लागूऔषध चरेश करिब २० केजी र चरेशको पाउडर करिब ६० केजी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।