सरकारी कागज किर्ते मुद्धाका प्रतिबादी रामजानकी मन्दिरका महन्थ पक्राउ

काठमाडौं, २० मंसिर
  सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत धनुषाको २०७५ साल जेष्ठ १२ गतेको फैसलाले पक्राउ आदेश जारी भई फरार रहेका प्रतिवादी रामजानकी मन्दिर जनकपुरका महन्थ धनुषा जनकपुर उपमहानगरपालिका-८ का ४६ वर्षीय बैकुण्ठ दास भन्ने बैकुण्ठ तिवारीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
   प्रतिवादी तिवारीलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२८ पुतली सडकबाट पक्राउ गरेको हो । निज प्रतिबादीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।