आगलागीबाट धनमाल क्षति

सप्तरी, २० मङ्सिर  
    तिलाठी कोईलाडी गाउँपालिका-७ मंसापुर बस्ने बद्री मण्डलको जस्ताले छाएको पक्की घरमा बिहीबार दिउसो अचानक आगलागी हुँदा घर भित्र रहेका विभिन्न सरसामान जलेर करिब ५ लाख बराबरको धनमाल क्षति भएको छ ।
    स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।