लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, २० मङ्सिर
    पर्सा जिल्ला अदालतको २०७१ चैत ३० गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका पर्सा वहुदरमाई गाउँपालिका-५ बस्ने ३२ वर्षीय संजय सहनी भन्ने रामानन्द सहनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई खोजतलास गर्ने क्रममा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सा पठाएको छ ।