अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, २० मङ्सिर
    सर्वोच्च अदालतको २०६८ जेष्ठ २४ गतेको फैसलाले अंगभंग मुद्दामा २ वर्ष कैद सजाय भई फरार प्रतिवादी प्रसौनी गाउँपालिका-४ बस्ने अशोक साह कानुलाई  मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पर्सा पठाएको छ ।