मोटरसाइकल चोरी गर्ने पक्राउ

भक्तपुर, २० मङ्सिर  
    भक्तपुर चाँगुनारायण नगरपालिका -४ हलछाप बस्ने ४६ वर्षीय धुर्व श्रेष्ठको बा.९६ प १७७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-४ कनकपुर बस्ने १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँ बस्ने २३ वर्षीय सेख नयाज रहेका छन् ।
    घरमै पार्किङ गरी राखेको अवस्थामा कात्तिक १९ गते राति उक्त मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटको संयुक्त टोलीले रौतहट चन्द्रपुर नगरपालिका-४ बाट मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।