सवारी दुर्घटनामा मृत्यु

सल्यान, २१ मङ्सिर
 बागचौर नगरपालिका-४ जलेखर्ककोणस्थित सडकमा रा.१ त २६८२ नम्बरको ट्याक्टर शुक्रबार सडकबाट करिब ५ सय  मिटर तल खसेर दुर्घटना हुँदा हाल नाम, थर, वतन, नखुलेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
 दुर्घटनामा घाइते भएका हाल नाम, थर, वतन, नखुलेको २८ वर्षीय पुरूषलाई उपचारको लागि थारमारे अस्पताल सल्यान हुँदै थप उपचारको लागी नेपालगन्ज रिफर गरिएका छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।