अबैध गाँजा फडानी

पर्सा, २१ मङ्सिर
    ठोरी गाउँपालिका-४ विजयबस्तीको विभिन्न स्थानका १० कठ्ठा जग्गामा लगाएको करिब २२ हजार गाँजाका बोट बिहीबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले काटी उखेली गाँजा नष्ट गरेको हो ।