चोरीमा संलग्न २ जना पक्राउ

भक्तपुर, २१ मङ्सिर
    भक्तपुर नगरपालिका-८ बरमाणी बसपार्कबाट चोरीमा संलग्न काठमाडौं माकलवारी बस्ने २९ वर्षीय वाङदेन तामाङ र  काभ्रे भुन्लु गाउँपालिका-३ का २२ वर्षीय सुमन लामालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई साथबाट करिब १ लाख ४० हजार रूपैयाँ मुल्य बराबरको सुनको चुरा १ थान, इलेक्ट्रिक फलाम काट्ने कटर १ थान, भक्तपुर सिपाडोल स्थितमा सेफ चोरी गर्ने प्रयोग भएको तन्‍ना २ थान , भक्तपुर गुण्डुबाट चोरी भएको बा.८८ प ५६४२ नम्बरको मोटरसाइकल, बिभिन्न चोरीमा प्रयोग गरिएको बा.९४ प १३१६ नम्बर र बा.८८ प ७५२० नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।