सुधार गृहबाट २१ जनाको उद्दार

काठमाडौं, २१ मङ्सिर
    काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित रुपन्देही सिद्धार्थनगर नगरपालिका-१२ बस्ने ३२ वर्षीय सन्तोष घिमिरेले संचालन गरेको ट्रान्सफरमेशन नेपाल नामको सुघार गृहबाट २१ जनालाई बिहीबार प्रहरीले उद्दार गरेको छ ।
    उक्त सुधार गृहमा बसेका २१ जनालाई अमानवीय व्यवहार तथा यातना समेत दिई परिवारसँग भेटघाट गर्न नदिइ राखेकोले उद्दार गरी पाउँ भन्दै पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि खटिएको प्रहरीले उनीहरुको उद्दार गरेको हो । उक्त सुधार गृहबाट प्रचलित कानुन बमोजिम काम कारवाही गरेको नपाइएकोले संचालक घिमिरे र कर्मचारी समित मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको उक्त परिसरले जनाएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।