समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न

बारा, २१ मङ्सिर
    बारामा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कलैया बाराको आयोजनमा कलैया उपमहानगरपालिका-१ स्थित जिल्ला अस्पतालको सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा सामुदाय-प्रहरी साझेदारी समितिका पदाधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादब सहित स्थानीयबासीको सहभागिता रहेको थियो ।
    यसैगरी समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत ईलाका प्रहरी कार्यालय जितपुर बाराको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका-१ सिमरास्थित प्राथमिक स्वास्थय केन्द्रको परिसरमा सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सोही केन्द्रका स्वास्थकर्मी लगाएत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।