प्रहरीको जवाफी कारवाहीमा घाइते

काठमाडौं, २१ मङ्सिर
    काठमाडौं महानगरपालिका रातोपुलस्थित धोवीखोला करिडोरमा प्रहरीको जवाफी कारवाहीमा परी सुनसरी ईटहरी नगरपालिका-५ का ४६ वर्षीय राजन लिम्बू शुक्रबार घाइते भएका छन् ।
    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले हत्या एवं बैंक तथा वित्तिय संस्था लुटपाटका घटनामा संलग्न रही फरार लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले जवाफी कारवाहीगर्दा तिघ्रामा गोली लागेर उनी सामान्य घाइते भएका हुन । घाइते लिम्बूलाई उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ । घटनास्थलबाट पेस्तोल १ थान,  त्यसको गोली ४ राउन्ड र खोका १ थान प्रहरीले बरामद गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।