अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २७ पुस
    ललितपुर र उदयुरबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-१२ महालक्ष्मीस्थानबाट  लागूऔषध गाँजा ८ सय ग्राम, नियन्त्रित लागूऔषध नाईट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, एक सय एमएमको एक्सिलोन १ बोतल र एक सय एमएमको वीनसिरेक्स ३ बोतल सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखतबहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर चौदण्डी गढी नगरपालिका-५ सुन्दरपुर बजारस्थित सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने २४ वर्षीय गोबिन्द परियारलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा रहेको चिया पसलमा चिया खाईरहेका परियारलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।