प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाद्वारा नवनिर्मित प्रहरी चौकी भवनको उदघाटन

काभ्रे, २७ पुस
    ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले प्रहरी चौकी च्याम्राङबेंसी, ढुङखर्क काभ्रेको नवनिर्मित कार्यालय भवनको बिहीबार उदघाटन गर्नुभएको छ ।
    राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा उक्त भवन निर्माण भएको हो । उदघाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार एवं स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।