मृत अवस्थामा फेला

दोलखा, २७ पुस
 विगु गाउँपालिका-१ लामाबगर बस्ने ३८ वर्षीय शम्भु तामाङ सोही ठाउँस्थित घट्टेखोलाको छेउमा लडी मृत अवस्थामा फेला परेका छन् । घरबाट कोही कसैलाई नसोधी निस्की हिँडेका उनी घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा शुक्रबार बिहान मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।