सवारी दुर्घटनामा मृत्यु

तनहुँ, २७ पुस
    बन्दिपुर गाउँपालिका-४ पिप्लेस्थित सडकमा ग.१ ख ४६५८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १५ वर्षीय बिश्वाश थापालाई उपचारको लागि बन्दीपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।