जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

पर्सा, २७ माघ
पर्सा बीरगंज महानगरपालिका-१० आदर्शनगरमा एभरेष्ट हेल्थ केयर ग्रुप र उमंग राना सरियाको आयोजना तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१० पर्साको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई ट्राफिक संकेत बोर्डहरु शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
एभरेष्ट हेल्थ केयर ग्रुपका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा उक्त ट्राफिक संकेत बोर्डहरु हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राज कुमार सिहंले प्राप्त संकेत बोर्डहरुलाई आवश्यकता अनुसार महानगरका विभिन्न ठाउँमा राखिने र जसले गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्नुका साथै सवारी आवागमनमा सहजता ल्याउने बताउनुभयो ।
उक्त कार्यक्रमामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा, सेवा केन्द्रको पदाधिकारीहरु तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।