आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २८ माघ
    काठमाडौं, मकवानपुर र पर्सामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब लाख २५ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    काठमाडौं नागर्जुन नगरपालिका-७ गोदाम थोक कुरीगाँउ बस्ने भगवानराज घलेको घरमा करेन्ट सर्ट भई आइतबार राती आगलागी हुँदा  करिब १ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने राजु गोलेको घरमा करेन्ट सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको    छ ।
    पर्सा, बिरगंज महानगरपालिका-८ घण्टाघरस्थित सोही महानगरपालिका-१ छप्कैया बस्ने ईसराईल खानको अण्डाको होलसेल पसलमा करेण्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक  अनुसन्धान गरिरहेको छ ।